
सन् १९९१ : भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या । आक्रमणकारी श्रीलंकाको पृथक्तावादी उग्रवादी संगठन तमिल टाइगर्समा आबद्ध एक महिला भएको विश्वास गरिन्छ । आत्मघाती बम विस्फोटमा कम्तीमा १४ जनाको ज्यान गएको थियो ।
१९०४ : विश्व फुटबलको प्रशासकीय निकाय फिफाको स्थापना । फिफा विश्वकप आयोजनाका लागि जिम्मेवार छ, जुन विश्वको सबैभन्दा धेरै हेरिने खेलकुद घटनामध्ये एक हो ।
सन् २०११ : संयुक्त राज्य अमेरिकी इतिहासमा सबैभन्दा घातक तुफानमध्ये एक तुफान । जोप्लिन नाम दिइएको उक्त तुफानका कारण १६० जनाको मृत्यु हुनुका साथै ठूलो जनधनको क्षति भएको थियो ।
सन् १९७२ : पहिलोपटक अमेरिकी राष्ट्रपतिद्वारा सोभियत युनियनको भ्रमण । पहिलो भ्रमणको रूपमा रिचार्ड निक्सन आजकै दिन मस्को पुगेका थिए ।
सन् १९४२ : जर्मनी, इटाली र जापानमाथि युद्धको घोषणा गर्दै मेक्सीको दोस्रो विश्वयुद्धमा प्रवेश ।