१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रकाश दाहाल स्मृति बक्सिङ असारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o९:१o:oo

प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता १७ देखि २० असारसम्म हुने भएको छ । अखिल नेपाल खेलकुद संघको आयोजनामा काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ ६ तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

पुरुषतर्फ ५१, ५७, ६३, ७१, ८०, ९२ र ९२ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै, महिलामा ५०, ५४, ५७, ६०, ६६ र ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा तीन विभाग र सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक केसीले जानकारी दिए । उनले हरेक तौलसमूह र महिला तथा पुरुषतर्फका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने बताए ।

उनले पुरस्कारका बारेमा पछि विस्तृत रूपमा जानकारी दिने बताए । कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङ संघका पूर्वअध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष किरणबहादुर श्रेष्ठ, केन्द्रीय सदस्य तथा प्रवक्ता श्याम अवालेको उपस्थिति रहेको थियो ।

ad
ad