१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o८:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई लघुवित्तले मनायो ११औँ वार्षिकोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५o:oo

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ११औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न जिल्लामा रहेका शाखामार्फत मानव सेवा आश्रम, अनाथालय, वृद्धाश्रम, सहारा घरलगायतका संस्थाहरूमा खाद्यान्न, कपडा तथा सहयोग सामग्री वितरण गरेको छ ।

५ जेठ ०७० मा स्थापना भएको संस्थाले ग्रामीण समुदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रूपमा पछाडि परेका, विपन्नवर्गलाई लघुवित्तका माध्यमबाट आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्दै आएको संस्थाले जनाएको छ ।

वित्तीय संस्थाको ५४ जिल्लामा एक सय २० वटा शाखा र एक लाख ४९ हजारभन्दा बढी सदस्यहरू रहेको बताइएको छ ।