१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री श्रेष्ठ र एमसिसी डेपुटी भाइस प्रेसिडेन्ट ब्रुक्सबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:oo:oo

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ।

नेपाल भ्रमणको क्रममा रहेका ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो। भेटमा ब्रुक्सले एमसिसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका बताइएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुने गरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरूको आवश्यक सहयोग हुने विश्वास दिलाए। श्रेष्ठले एमसिसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने प्रतिनिधिमण्डललाई बताएका भेटमा सहभागी गृहसचिव गोविन्द भट्टराईले जानकारी दिए।