१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कमलराज भट्ट काठमाडौं
२०८० जेठ ५ शुक्रबार १८:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘विगतकै निरन्तरता भो, आर्थिक संकट र राजनीतिक संक्रमण पार लगाउन सक्दैन’

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
२०८० जेठ ५ शुक्रबार १८:३५:००

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिक्रिया दिएको छ । 

आगामी आर्थिक वर्षका लागि आज प्रस्तुत नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले विगतकै जस्तो निरन्तरता मात्र भएको बताए । 

‘प्रारम्भिक रूपमा हेर्दा ठोस कुरा केही पनि आएको छैन । यसले संकटग्रस्त अर्थतन्त्रका जटिलतालाई सम्बोधन गरेको छैन । विगतकै जस्तो नीति तथा कार्यक्रमको निरन्तरता मात्र छ । हरेक वर्ष बजेट बनाइरहँदा यस्ता कुरा हुँदै आएका थिए । यसले अहिलेको आर्थिक संकट र राजनीतिक संक्रमण पार लगाउन सक्दैन,’ उनले भने ।