
डिजी मार्टमा आइएमई पेमार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा छुट पाइने भएको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले ग्राहकलाई छुट दिने सम्बन्धमा मार्टसँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार ग्राहकले प्रत्येक कारोबारमा १० प्रतिशत वा बढीमा एक सय रुपैयाँसम्म छुट पाउने जनाइएको छ । यो छुट अफर अवधिभरिमा बढीमा पाँचपटकसम्म प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ३१ असारसम्म लागू हुने योजनाअनुसारको छुट डिजी मार्टको सबै शाखामा पाइने कम्पनीले जनाएको छ ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्ने जनाइएको छ ।