मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ४ बिहीबार १४:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएकाहरूको पुनर्स्थापना गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार १४:o२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिहरूको पुनर्स्थापना र परिपूरणको कार्यलाई प्राथमिकता दिने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद पूर्णबहादुर घर्तीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पूरा गर्न सरकार प्रयत्नशील रहेको बताए। उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिसका आधारमा जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिको पुनर्स्थापना र परिपूरणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने जानकारी गराए।

‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी सबै बाँकी काम बृहत् शान्ति सम्झौताको मर्म र भावनाअनुसार समाधान गर्न सरकार दृढ र प्रयत्नशील छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको सिफारिससमेतका आधारमा जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिको पुनर्स्थापना र परिपूरणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ । र, यसै सदनमा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन र दुवै आयोगसम्बन्धी विधेयक संशोधन प्रक्रियामा छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुंग्याउन मुख्य राजनीतिक दलहरूबीच समझदारी भएको पनि प्रस्ट पारे।