१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Friday, 09 May, 2025
२o८o जेठ ४ बिहीबार १२:२३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङ र गोरखाका चार पालिका जोडेर ‘ग्रेटलेक सर्किट ट्रेल’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार १२:२३:oo

लमजुङको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि  ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले विभिन्न  कार्यक्रम गर्ने भएको छ।  

विगत ४५ वर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले गोरखाको अजिरकोट गाउँपालिका र लमजुङको पूर्वी उत्तरी क्षेत्रहरू, दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिकालाई जोडेर पर्वतीय पर्यटन प्रवर्द्धनको कार्यक्रम बनाइएको टानका अध्यक्ष नीलहरि बास्तोलाले बताए।

उनका अनुसार बुधबार दोर्दी गाउँपालिकामा भएको स्थानीय तह प्रमुखहरूसँगको बैठकले पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम तय गरेको छ। 

टानले बुद्ध हिमाल, हिमालचुली, ग्रेटलेक सर्किट ट्रेलका लागि गोरखाको अजिरकोट गाउँपालिका, लमजुङको दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर गरेको छ। 

टानका अध्यक्ष नीलहरि बास्तोला, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङको सम्झौतापत्रमा हस्ताक्षर  छ। 

यस्तै, उक्त सर्किट ट्रेल निर्माणका लागि दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा समन्वय समितिसमेत निर्माण गरिएको छ।

समितिका सदस्यमा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देपकोटा, दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ र टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ छन्।

यसैगरी बुद्ध हिमाल, हिमालचुली, ग्रेटलेक सर्किट ट्रेल निर्माणका लागि अजिरकोट र दूधपोखरी गाउँपालिकाको सिमानामा राईनास नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सिमानामा बेँसीसहर नगरपालिका भएकाले राईनास र बेँसीसहर साझेदारी र सहकार्य गर्नका लागि राईनास नगरपालिका, बेँसीसहर नगरपालिका र नासो गाउँपालिकालाई समावेश गर्ने  निर्णय गरिएको छ।

सम्झौताअनुसार उक्त पदमार्ग निर्माणका लागि प्रत्येक स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्ने र त्यसको प्राविधिक तथा प्रवर्द्धनात्मक संयोजन टानले गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईंले बताए।

सम्झौतासँगै अब नयाँ पदमार्गको खोजी गरी प्रोफाइल तयार गर्ने, पदमार्ग विकासका लागि योजना तयार गर्ने, योजना तथा डिपिआर तयार गर्ने, नयाँ पदमार्गको प्रवर्द्धनका लागि ब्रोसियर, वृत्तचित्र र पर्यटन पदयात्रा नक्सा तयार  गरिनेछ। 

नयाँ पदमार्गभित्र अजिरकोट, नागेपोखरी, दूधपोखरी, लिपेलेक, मेमेपोखरी, बराहपोखरी, ठूलागी ताललगायत प्राकृतिक तथा सांस्कृतिक क्षेत्र पर्दछन्।