१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सार्वजनिक जग्गा खोज्दै ललितपुर महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४६:oo

ललितपुर महानगरपालिकाले नगरक्षेत्रमा रहेका सार्वजनिक जग्गा खोजी अभियानलाई तीव्र पार्ने भएको छ । महानगरअन्तर्गत रहेका, तर रेकर्डमा नरहेका कतिपय जग्गा व्यक्ति र विभिन्न संघ–संस्थाले दुरुपयोग गरेको भन्दै उजुरी परेपछि महानगर जग्गा खोजीमा लागेको हो ।

महानगभित्र कति सार्वजनिक जग्गा छ भन्ने यकिन विवरण महानगरसँग छैन । महानगरका मेयर चिरिबाबु महर्जनले कतिपय जग्गा यकिन भइसकेको र केही पहिचानको प्रारम्भिक चरणमा रहेको बताए ।

‘वडा नम्बर १ देखि २९ सम्मका सबै सार्वजनिक जग्गाको क्षेत्रफल र अवस्थाको फेहरिस्त तयार पार्दै छौँ, त्यसका लागि महानगरले समिति बनाएर काम गर्छ,’ उनले भने, ‘सबै जग्गाको विवरण नभएकाले सार्वजनिक जग्गा खोज्नतिर लागेका हौँ ।’ उनका अनुसार महानगरको चक्रपथबाहिरका वडाहरूमा सार्वजनिक, पर्ती र ऐलानी जग्गा धेरै छन् ।

ती जग्गामा धेरैले आँखा गाडेका छन् । कतिपय जग्गा व्यक्तिले समेत हडपेका छन् । अझ राजनीतिक दलहरूबाट सार्वजनिक जग्गा प्रयोगका लागि धेरै दबाब आएको उनको भनाइ छ । 

मेयर महर्जनले सार्वजनिक जग्गा महानगरले संरक्षण गर्ने र आवश्यकताअनुसार प्रयोग गर्ने बताए । उनले महानगरले एक पैसा जग्गा पनि कसैलाई नदिने घोषणा गरे । ‘केही समयअघि कुनै एक संस्थाले सार्वजनिक जग्गा दिनुस् भनेको थियो, कहिले नेताहरूले माग्छन्,’ उनले भने, ‘बरु, सार्वजनिक जग्गाहरूलाई सर्वसाधारणका निम्ति पार्क बनाएर प्रयोग गर्न सकिन्छ, आपत्–विपत् पर्दा खुला ठाउँ पनि चाहिन्छ ।’