१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format २१:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चट्याङले उपकरण क्षति, राहदानी सेवा ठप्प

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format २१:१३:oo

हावाहुुरीसँगै बुुधबार बिहान परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर र इन्टरनेटलगायतका उपकरणमा क्षति पुर्याएपछि राहदानी सेवा ठप्प भएको छ। 

उपकरणमा क्षति पुगेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले दिने सेवा बुधबार बिहानैदेखि सेवा प्रभावित भएको हो। कार्यालयले तत्काल इन्टरनेट, टेलिफोन, राउटरलगायतका उपकरण मर्मत गरेर बुधबार दिउँसोदेखि सामान्य सेवा सञ्चालनमा ल्याए पनि राहदानी सेवा भने ठप्प भएको छ। 

चट्याङले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने क्यामेरा, कम्प्युटर, प्रिन्टर र सिसिटिभी क्यामेरामा समेत क्षति पुर्याएको छ। कार्यालयमा सुरक्षित रहेको एक सेट उपकरण भएकाले त्यसै उपकरणमार्फत राष्ट्रिय परिचयपत्र र नागरिकता प्रमाणपत्रको सेवा भने निरन्तर भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए।