Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०८० जेठ ३ बुधबार २०:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारी वर्षाले सडक अवरुद्ध, यात्रु अलपत्र

Read Time : < 1 मिनेट
२०८० जेठ ३ बुधबार २०:३४:००

वर्षाका कारण गुल्मीको रुद्रवेणी बामीटक्सार सडकखण्ड अवरुद्ध भएको छ। 
बुधबार दिउँसोदेखि परेको भारी वर्षाले सत्यवती गाउँपालिकाको वडा नम्बर ६ डहरेस्थित लेते खोलामा बाढीसहितको लेदो आएपछि सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा बुटबलदेखि बुर्तिबाङ र बुर्तिबाङदेखि बुटबल जाने यात्रु अलपत्र परेका छन्। अहिले दर्जनौँ गाडी सडक खुल्ने प्रतीक्षामा छन्। 

स्थानीय प्रहरी र जनप्रतिनिधिको सक्रियतामा सडक आवागमन सहज गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

त्यस स्थानमा ठूलो पानी पर्दा सडक अवरुद्ध हुँदै आएको छ भने दर्जनौँ गाडी लेदोले बगाइसकेको छ।