१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३ बुधबार
  • Sunday, 11 May, 2025
२o८o जेठ ३ बुधबार १२:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुर्तिबाङमा एक व्यक्ति मृत फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ३ बुधबार १२:२२:oo

बागलुङकाे पश्चिम बुर्तिबाङमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्। ढोरपाटन नगरपालिका– २ तारिखेत भन्ने स्थानमा अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन्।

ढोरपाटन नगरपालिका- ६ मोराङ स्थायी घर भई तारिखेतस्थित छोरीको घरमा बस्दै आएका चेबो अदै मृत अवस्थामा भेटिएको इलाका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिए। 

मंगलबार  साँझदेखि बेपत्ता भएका अदै बुधबार बिहान बारीमा मृत अवस्थामा भेटिएका हुन्। मृतक अदैको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनामा संलग्नको आशंकामा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अधिकारीले बताए।

घटनाको थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकसहितको टोली बुर्तिबाङ जाँदै छ। मृतकको  शवलाई पोस्टमार्टमका लागि ल्याउने तयारी भइरहेकाे अधिकारीले बताए।