१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

खाण र रायमाझीको इन्कारी बयान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:३३:oo

भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणको बयान सकिएको छ । रायमाझीको बयान सोमबार बेलुका नै सकिएको हो भने खाणको सोमबार र मंगलबार बयान लिइएको हो । दुवैजनाले इन्कारी बयान दिएको स्रोत बताउँछ । 

‘रायमाझीजीले फटाफट प्रश्नका जवाफ दिनुभयो,’ अनुसन्धानमा आबद्ध प्रहरी भन्छन्, ‘तर, खाणले शब्द–शब्द ख्याल गरेर बोलेका छन्, धेरैजसोमा थाहा छैन भन्ने जवाफ छ ।’ उनले छोटो–छोटो बोल्दै सबै आरोप अस्वीकार गरेका छन् । तर, दुवैजनाविरुद्ध बलिया प्रमाण रहेको प्रहरी अधिकारी बताउँछन् । 

सोमबार बयानका क्रममा मुख्य प्रश्नमा प्रवेश गरेलगत्तै स्वास्थ्यको कारण देखाएर खाणले बयान रोकेका थिए । त्यसपछि कानुन व्यवसायीहरूसँग विस्तृत छलफल गरेर मात्र मंगलबार बोलेका हुन् । ‘तर, धेरै बाठो हुन खोज्दा उहाँ बयानमा चुक्नुभएको छ,’ प्रहरी स्रोतले भन्यो ।

खाणले गृहमन्त्री हुँदा बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजाने भनेर मन्त्रिपरिषद्बाट निर्णय गराउनेदेखि प्रतिवेदन नै किर्ते गरेर नाम थप्नेलगायत काम गरेको प्रहरी दाबी छ । बिचौलिया मात्र नभई पक्राउ परेका सचिव टेकनारायण पाण्डेले समेत उनको विपक्षमा बयान दिएका छन् । 

ad
ad