१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यार्सा संकलनमा चट्याङ लागेर घाइते भएका तीनजनाकाे चार दिनपछि उद्धार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४२:oo

दार्चुलामा चट्याङ लागेर घाइते भएका तीनजना यार्सागुम्बा संकलकको चार दिनपछि उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि मंगलबार बिहान नेपालगन्ज पठाइएको छ।

व्याँस गाउँपालिका– २ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका– २ का १८ वर्षीय महेश बडाल, वडा नं. १ पिपलचौरीका ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमती महरालाई उद्धार गरी नेपालगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्।

शनिबार राति पाटनमै चट्याङ पर्दा उनीहरू घाइते भएका थिए। स्थानीय यार्सागुम्बा संकलकहरूले आधाबाटोसम्म बोकेरै ल्याएका थिए। उद्धारका लागि सोमबार हेलिकाेप्टर आए पनि मौसमको खराबीका कारण माथि जान सकेको थिएन।

घटनास्थल दुम्लिङबाट एक दिनको पैदल दूरीमा पर्छ । बाटो पनि अप्ठ्यारो भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि आधाबाटोसम्म मात्रै पुगेको थियो।