मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० जेठ २ मंगलबार ११:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा अटो दुर्घटना हुँदा एकजनाको निधन, दुई घाइते

Read Time : < 1 मिनेट
२०८० जेठ २ मंगलबार ११:३६:००

जुम्लामा अटो दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने दुईजना घाइते भएका छन् । विमानस्थलदेखि पातारासीको उर्थुतर्फ जाँदै गरेको क.१ह १५ नम्बरको अटो दुर्घटना हुँदा चन्दननाथ नगरपालिका– १० गैरागाउँका ४२ वर्षीय मेघराज न्यौपानेको निधन भएको प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले बताए ।

उनका अनुसार पातारासी गाउँँपालिका- ३ का कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका– ९ का गोविन्द सार्की घाइते भएका छन् । घाइते दुईजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।