१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Friday, 09 May, 2025
२o८o जेठ १ सोमबार १४:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट नवलपुरमा एकजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार १४:१६:oo

पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन्।

विनयी त्रिवेणी गाउँपालिका– ४ तल्लो पिदारीमा रहेको मणिमुकुन्द सामुदायिक वनमा रेखदेखका लागि खटिएका वनहेरालु विनयी त्रिवेणी– ४ का ४० वर्षीय योगबहादुर पल्लीलाई बाघले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बाघको आक्रमणबाट घाइते उनलाई स्थानीयले देखेर उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याएका छन्।

नवलपुरमा विगत केही वर्षदेखि बाघको आतंक बढेको छ। बाघ नियन्त्रणका लागि पटकपटक प्रयास भए पनि सफल हुन सकेको छैन।