मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १ सोमबार १३:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विकास निर्माणको काम गराउन सांसदहरू अनशन बस्नैपर्ने अवस्था नआओस् : दीपक गिरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १ सोमबार १३:४६:००

नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले सांसदहरूको मागको सुनुवाइ नगरेको भन्दै आपत्ति जनाएका छन्।

जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनशन सुरु गर्नुपरेको उल्लेख गर्दै उनले अरू सांसदहरूले आमरण अनशन बस्नुपर्ने अवस्था आउन नदिन सरकारलाई सचेत गराए।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गिरीले उदयपुरको त्रियुगा पुल, संखुवासभाको अरुण पुललगायतका विकास, निर्माणको काममा सांसदहरूले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम नचालेको उल्लेख गर्दै आक्रोश व्यक्त गरे।

‘आज तीन दिन भयो सांसद सञ्जय गौतम अनशन बस्नुभएको। अब भोलि नारायण खड्का त्रियुगा पुलमुनि आमरण अनशन बस्नुभएको छ भनेर सुन्न नपरोस्। पर्सि दीपक खड्का अरुणको पुलमुनि बस्नुभएको छ भनेर सुन्न नपरोस्। सम्माननीय सभामुखमार्फत यो नेपाल सरकारको आँखा खुलोस्,’ उनले भने।