१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय समिति चलायमान बनाउँदै विधेयकहरूलाई अघि बढाउन तीन दल सहमत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o२:oo

प्रमुख तीन दलबीच संसदीय गतिविधि र संसदमा दर्ता भएका  विधेयकहरूलाई अघि बढाउने सहमति भएको छ।

आज बिहान बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा संसदीय गतिविधिहरू र विधेयकहरूलाई अघि बढाउने समझदारी भएको नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। 

नेम्वाङले शीर्ष नेताबीचको छलफल सकारात्मक भएको र सोमबारदेखि विषयगत समितिहरूको बैठक र संघीय संसद्को संयुक्त समिति र नियमावली बनाउने बारेमा पनि सहमति जुटेको बताए। 

‘आजको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ। शान्ति प्रक्रिया निस्कर्षमा पुर्‍याउनेलगायत संविधान निर्माणको प्रक्रिया, त्यसलाई हामी सबै मिलेर एउटा निष्कर्षमा पुर्‍यायौँ, त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दलहरू आधारभूत रूपमा एक ठाउँमा उभिएर अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा नेताहरू पुग्नुभएको छ,’ उनले भने।

यसैगरी, शीर्ष नेताहरूको बैठकले प्रतिनिधिसभाका विषयगत समितिहरूमा संघीय संसदमा कायम रहेको सदस्य संख्याका आधारमा नेतृत्व दिने सहमति जुटाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा समितिसहित एक संयुक्त समिति र अर्को विषयगत समितिको नेतृत्व गर्ने सहमति भएको नेम्वाङले बताए। 

आजको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणले समेत प्रवेश पाएको थियो। उपनेता नेम्वाङका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरूबीच छलफल भएको छ।