१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३१ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ३१ आइतबार १५:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाको पुनर्स्थापनाको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ३१ आइतबार १५:५२:oo

मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूलाई पुनर्स्थापना गर्नका लागि बजेट विनियोजन गर्न माग गरेका छन्।

आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाको प्रतिनिधि टोलीले आगामी आर्थिक वर्षको बजेटमा पुनर्स्थापनाका लागि बजेट विनियोजन गर्न माग गरेको हो।

सरकारले पटकपटक गरेर कमैया, कमलरी, हलिया र हरवाचरवालाई मुक्तिको घोषणा गरेको, तर हालसम्म सरकारको नीति तथा कार्यक्रममा पुनर्स्थापनाको कार्यक्रम नराखेको भन्दै यसपटकको बजेटमा पुनर्स्थापनाको कार्यक्रम राख्न माग गरिएको मुक्त कमैया विकास मञ्च कैलालीका कार्यक्रम संयोजक इन्द्रजित चौधरीले बताए।

ज्ञापनपत्रमा मुक्त कमैया, कमलरी, हलिया, हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले गरेका सिफारिसहरूलाई कार्यान्वयनमा ल्याउन माग गरिएको छ। त्यस्तै, पुनर्स्थापनासम्बन्धी कार्यविधि पारित गर्न, हरवाचरवाको लगत संकलन गर्न र हरवाचरवा मिटरब्याजको समेत समस्यामा परेका कारण सो समस्याको पनि समाधान गर्न माग गरिएको छ।

त्यसैगरी, मुक्त कमैयाहरू हाल जुन भूमिमा छन् सोही जमिन नापी गरी लालपुर्जा दिनुपर्ने, कमैयाले प्राप्त गरेको जग्गा बैंकमा राखी ऋण लिन पाउने नीतिगत व्यवस्था गर्नुपर्नेलगायतका माग राखिएको छ।