Skip This
मन्त्री रिजालद्वारा उदयपुर सिमेन्ट उद्योगको अनुगमन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३० शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ३० शनिबार १३:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मन्त्री रिजालद्वारा उदयपुर सिमेन्ट उद्योगको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ३० शनिबार १३:१४:oo

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन तथा निरीक्षण गरेका छन्। 

मन्त्री रिजालले शनिबार उद्योगको प्लान्ट तथा खानी क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन्। उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्योपानेले रिजाललाई प्लान्ट तथा खानी क्षेत्रको स्थलगत जानकारी गराएका थिए।

अनुगमनका क्रममा मन्त्री रिजालले उद्योगको खानी विभागमा कार्यरत कर्मचारीहरूलाई भेटे। कर्मचारीहरूले मन्त्रीसमक्ष आ–आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए। अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीको भावना बुझ्ने रहेको बताउँदै रिजालले यथाशीघ्र सबै समस्याको समाधानका लागि आफू अग्रसर रहने बताए।

भेटका क्रममा उद्योगभित्रका चार युनियन (समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल औद्योगिक मजदुर संगठन)ले साझा धारणासहित मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाएका छन्। वेला वेलामा उद्योग बन्द हुने गरेकोलगायतका समस्याहरू सम्बोधन गरिदिन आग्रह गर्दै चार युनियनले निरन्तर उद्योग चल्ने वातावरणको सिर्जना  गरिदिन मन्त्री रिजाललाई आग्रह गरे।

मन्त्री रिजालले सहज उपाय निकालेर देखिएको सबै समस्या समाधान गर्ने बताउँदै उद्योगलाई सबल बनाउन सबै तहका कर्मचारीहरू एकजुट हुनुपर्नेमा जोड दिए।