मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
श्रवण थापा सर्लाही
Invalid date format १२:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुसहर परिवारको जीवनस्तर उकास्न पशुचौपाया वितरण

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १२:५८:oo

विपन्न तथा पिछडिएका मुसहर परिवारको जीवनस्तर उकास्न सर्लाहीको हरिपुर नगरपालिकामा पशुचौपाया वितरण गरिएको छ। हरिपुर–७ चिताइनका विपन्न मुसहर परिवारलाई भैँसीको पाडी तथा बाख्राको पाठी वितरण गरिएको हो।

दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका उनीहरूको लागि आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले साप नेपाल नामक गैरसरकारी संस्थाले पशुचौपाया वितरण गरेको हो। २६ मध्ये १० परिवारलाई पाडी र १६ परिवारलाई पाठी वितरण गरिएको हो।

दैनिक ज्याला मजदुरी गरेर समेत दैनिकी गुजार्न समस्या भइरहेको उनीहरूलाई पशुपालनमार्फत आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो संस्थाले तराई–मधेसका अत्यन्त पिछडिएका विपन्न मुसहर परिवारको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोहीअन्तर्गत अन्डेफको सहयोगमा पशुचौपाया वितरण गरिएको परियोजनाका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिए।