मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख ३० शनिबार
  • Monday, 31 August, 2026
२o८o बैशाख ३० शनिबार १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा गुडिरहेको बसमा आगलागी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ३० शनिबार १२:२६:oo

त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीबेँसी–९ गणेश मन्दिरनजिकै गुडिरहेको बसमा आगलागी भएको छ।

धादिङको खाल्टेबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ४८४६ नम्बरको यात्रुबाहक बसमा सर्ट सर्किट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

‘३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन्। बसको  सिटसहित भित्रको पार्ट, बाहिर पनि जलेको छ। बसको इन्जिनबाट धुवाँ निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन पाएन,’ एसपी मिश्रले भने।

राजमार्ग क्षेत्रमा रहेको दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन्।