१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o८:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

संकटाविरुद्ध पुलिसको बदला 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:५२:oo

पहिलो लेगमा व्यहोरेको ३–० हारको बदला लिँदै दोस्रो लेगमा संकटाविरुद्ध २–१ को जितसहित पुलिस रेलिगेसन क्षेत्रबाट बाहिरियो 

संकटा क्लबविरुद्ध नेपाल पुलिस क्लबले बदला लिएको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९/०८० को पहिलो लेगमा व्यहोरेको ३–० को हारको बदला शुक्रबार पुलिसले २–१ ले लिएको हो । च्यासल मैदानमा भएको पहिलो लेगमा संकटालाई जित दिलाउन गणेश हमाल, रोशन पहारी र सुरजज्यू ठकुरीले समान एक गोल गरेका थिए । ०७८ को सिंगल लिगमा संकटा १–० ले विजयी भएको थियो । ०७६ मा पुलिस २–१ ले विजयी भएको थियो । जारी डबल लिगको दोस्रो लेग दशरथ रंगशालामा निकै रोमाञ्चक बन्यो । पुलिसले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमै संकटाले बराबरी गर्न सफल भयो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा पुलिसले विजयी गोल गर्न सफल भएको थियो । जितपछि विभागीय टोली पुलिस रेलिगेसन क्षेत्रबाट माथि उठेको छ । पाँचौँ जित निकालेको पुलिस १७ खेलमा १९ अंक जोड्दै १२औँ स्थानमा छ । पराजित संकटा समान खेलमा २० अंक जोड्दै १०औँ स्थानमा रह्यो । पुलिसको जितसँगै फ्रेन्ड्स र खुमलटार रेलिगेसन क्षेत्रमा छन् । चालू लिगमा चार अंकको अन्तर रहँदा आठ टोलीबीच रेलिगेसन ब्याटल चलिरहेको छ । 

जितपछि नेपाल पुलिस क्लबका प्रशिक्षक चेतकुमार धिमिरेले विदेशी खेलाडीको आगमनसँगै टोली सन्तुलित देखिएको र बाँकी खेलमा जित निकाल्दै रेलिगेसनबाट बच्नेमा आशावादी देखिए । ‘यो जितपछि रेलिगेसन क्षेत्रबाट बाहिर भएका छौँ । विदेशी खेलाडीको आगमनसँगै टोली सन्तुलित देखिएको छ,’ प्रशिक्षक घिमिरेले भने । हारपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडी थकित देखिएको प्रतिक्रिया दिए । ‘तीन अंकका लागि आएका थियौँ । अवसर पाए पनि सदुपयोग गर्न सकेनौँ । खेलाडी थकित देखिए,’ खड्गीले भने । ‘उपाधि जित्ने योजना थियो, तर लगातार खेल हुँदा असर प¥यो । खेलाडी घाइते भए । यो समस्या संकटाको मात्रै नभएर सबै टोलीमा हो,’ उनले भने । शुक्रबार नै भएका अन्य खेलमा न्युरोड टिम एनआरटीले खुमलटारलाई ३–२ ले हराउँदा मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका थिए । 

विदेशी खेलाडीको प्रभाव
विभागीय टोली पुलिसमा अहिले विदेशी खेलाडी प्रभाव बढेको छ । पहिलोपटक विदेशी खेलाडी अनुबन्ध गरेपछि पुलिसको खेलस्तर उच्चस्तरीय छ । पुलिसले पाँच खेलाडी अनुबन्ध गरेको हो । विदेशी खेलाडी अनुबन्ध नहुँदा पुलिसको पोस्टमा विपक्षीले दबाब बनाउने गरेका थिए । तर, अहिले विपक्षीविरुद्ध पुलिसले हरेक पोजिसनमा सानदार प्रदर्शन गर्दै आएको छ । ‘विदेशी खेलाडी आएसँगै मानसिक रूपमा टोली राम्रो भएको छ, विश्वास बढेको छ । फिनिसिङ सोचेजस्तो हुँदै गयो,’ पुलिसका मुख्य प्रशिक्षक घिमिरे भन्छन् । दशरथ रंगशालामा डबल लिगको एक सय १४औँ खेलमा संकटाविरुद्ध पुलिसका लागि दुवै गोल विदेशी खेलाडीले गरेका थिए । घानाका मोसेस ग्याबहा र भारतीय मोहम्मद आसिकले समान एक गोल गरेका हुन् । संकटाका निशान खड्काले एक गोल फर्काएका थिए ।

ad
ad