१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बस चढेर काठमाडौं, जहाजमा घर

चार दशकदेखिको जहाज चढ्ने सपना पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

बिरामी परेपछि गुल्मी दरबार– २ का ७२ वर्षीय भोजबहादुर भुसालदम्पती बस चढेर काठमाडौं गए। 

बुढेसकाल र बिरामी ज्यान  उस्तै परे बसमा गुल्मीबाट काठमाडौं पुग्न २४ घन्टा बित्छ। सास्ती र खर्च पनि उत्तिकै । भुसालदम्पतीले उपचारका लागि डेढ महिना काठमाडौं बिताए।

रेसुंगा विमानस्थलमा शुक्रबारदेखि नेपाल एयरलाइन्सले व्यावसायिक उडान सुरु गर्‍याे । सोही जहाजमा रेसुंगा विमानस्थल ओर्लिएका भुसालसहितका यात्रुहरू निकै उत्साहित थिए। 

पहिलो टिकट लिएका रेसुंगा नगरपालिका– १ का अखिलेश्वरप्रसाद पाण्डेयले लामो सयमको चाहना पूरा भएकोमा खुसी व्यक्त गरे। 

इस्मा गाउँपालिका– ५ की गीता ज्ञवालीले पनि आफ्नै जिल्लामा जहाज चढेर आउन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन्। 

रेसुंगा नगरपालिका– ४ का धनिश्वर गौतमले पनि जहाजमार्फत बिरामी आमा लिएर रेसुंगा विमानस्थल आए। हरेक हप्ताको मंगलबार र शुक्रबार नेपाल एयरलाइन्सले उडान भर्ने योजना बनाएको छ। आज बिहान काठमाडौंबाट साढे ६ बजे उडेको जहाज करिब ५० मिनेटमा अवतरण गरेको थियो।

रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले पहिलो व्यावसायिक उडान भरेर रेसुंगा विमानस्थल आउने यात्रुहरूलाई स्वागत गरेका थिए।

जहाज पुनः यात्रु लिएर काठमाडौं फर्किएको छ। चार दशकदेखिको जहाज चढ्ने सपना पूरा भएपछि जिल्लावासी उत्साहित छन्। 

गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले १५ वैशाख ०८० मा परीक्षण र २४ पुस ०७९ मा ‘प्रुभिङ फ्लाइट’ र २५ जेठ ०७५ मा तारा एयरले कच्ची धावनमार्गमा सफलतापूर्वक परीक्षण उडान गरेको थियो ।