१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १७:२१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनीमा तीनदिने अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

लुम्बिनीमा तीनदिने अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु भएको छ। बिहीबार एक कार्यक्रमबीच गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)सुरु भएको हो।

मार्टको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्रले मायादेवी मन्दिरमा दीप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरे। उद्घाटन सत्र र अन्य कार्यक्रम भने होटेल पवन प्यालेसमा भइरहेको छ। कार्यक्रम नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय शाक्यपुत्र)ले लुम्बिनीलाई गेट वे बनाएर विश्वका विभिन्न स्थानमा रहेका बुद्धसँग सम्बन्धित देशहरु मिलेर ‘बुद्धिस्ट सर्किट’ बनाउन आवश्यक रहेका बताए।

उनले पर्यटन व्यवसाय र बुद्धको ज्ञानलाई सँगसँगै फैलाउन सके विश्वमा एकता र भ्रातृत्वको विकास हुने बताए। ‘बुद्ध सर्किट बनाएर व्यवसाय र बुद्ध दर्शनलाई सँगसँगै लैजान सकियो भने पर्यटन विकास सँगसँगै विश्वमा शान्ति र एकताको सन्देश पनि दिन सकिन्छ,’ उनले भने।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै सचिव तथा बिआइटिएम आयोजक कमिटी संयोजक पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनीलाई धार्मिक र शान्तिको केन्द्रको रूपमा विकास गर्न सकिने बताए। कार्यक्रममा सचिव अधिकारीले आगामी आर्थिक वर्षका लागि लुम्बिनीको पर्यटन विकासका लागि मार्ट आयोजनाका लागि दुई करोड बजेट निकासा गर्ने घोषणा गरे। साथै, उनले बुद्ध दर्शनसँग सम्बन्धित मुलुकसँग भैरहवा विमानस्थलबाट सीधा उडानबारे समेत छलफल र तयारी भइरहेको बताए।

पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीले लुम्बिनीलाई बुद्ध दर्शनको थलोको रूपमा प्रवर्द्धन गर्न आवश्यक रहेको बताए। उनले यसका लागि धेरै चुनौतीहरू रहे पनि सबै पक्षसँग समन्वयमा यसलाई पवित्र थलोको रूपमा प्रवर्द्धन गर्न सकिने आधार रहेको बताए। 

नाट्टाका अध्यक्ष रमेश थापाले मार्टले कोरोनापछिको पर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्ने र दिगो पर्यटनको आधारको बन्ने विश्वास व्यक्त गरे। उनले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन ठूलो भूमिका खेल्ने बताए। उनले विश्वस्तरमा चलेको लन्डनको डब्लुटिएम, जर्मनीको आइटिबी बर्लिनजस्तै नेपालको प्रमुख कार्यक्रमका रूपमा बिआइटिएमलाई विकास गर्न आवश्यक रहेको बताए।

यसअघि सन् २०१९ मा पहिलोपटक बिआइटिएम आयोजना गरिएको थियो। मार्टमा ४० देशका पर्यटनविद्, व्यवसायी तथा टुर अपरेटर सहभागी छन्। मार्ट ३० वैशाखसम्म चल्नेछ। आयोजकले मार्टबाट विशेष गरी बुद्ध दर्शनसँग सम्बिन्धित मुलुकमा पर्यटन प्रवर्द्धन हुने विश्वास लिएको छ।