मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २८ बिहीबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २८ बिहीबार ११:४०:००

नेकपा एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक आज केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ। तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भई निर्णयमा पुग्ने तय भएको छ।

केन्द्रीय कमिटीमा तिन सय ३५ (दुई निलम्बित) सदस्य, चारजना केन्द्रीय निकायका अध्यक्ष र नौजना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) सहभागी छन्।

बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन,  मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरूको कार्ययोजना, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पार्टी प्रवेशीहरूको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।