१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख २८ बिहीबार o९:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा कार्यालय र सभागृह शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार o९:१८:oo

पूर्वाञ्चल विश्वविद्यालयभित्र नबिल बैंक लिमिटेडको शाखा कार्यालय र सभागृह बन्ने भएको छ । विश्वविद्यालय परिसरभित्र शिक्षा, विज्ञान, तथा प्रविधिमन्त्री अशोककुमार राईले नबिल बैंकको गोठगाउँ शाखा कार्यालय र विश्वविद्यालयका लागि सात सय ५० सिट क्षमताको सभागृह शिलान्यास गरेका हुन् ।

विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका साथै गोठगाउँवासीलाई आधुनिक बैंकिङ सेवा दिने उद्देश्यले विश्वविद्यालय परिसरमा शाखा कार्यालय स्थापना गर्न लागेको बैंकले जनाएको छ । साथै, नबिल बैंकले विश्वविद्यालयका लागि सभागृह निर्माणमा पनि सहयोग गर्ने जनाइएको छ ।

शिलान्यास कार्यक्रमा शिक्षा, विज्ञान, तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति राईले बैंकले नाफा नहेरी यो कार्य गरेको भन्दै खुसी व्यक्त गरे । ‘यस किसिमको सहकार्यले बैंक नाफाकेन्द्रित मात्र नभई सामाजिक क्षेत्रमा पनि योगदान गर्छ भन्ने सन्देश जानेछ,’ मन्त्री राईले भने ।

यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले शाखा कार्यालय निर्माण तीन महिनाभित्र सकिई सञ्चालनमा आउने बताए । उनले नबिल बैंक बैंकिङ क्षेत्रमा नै नयाँ सेवा–सुविधा प्रदान गर्ने अग्रणी बैंक रहेको र सूचना प्रविधिमा आधारित सेवा विस्तारमा बैंक शीर्षस्थानमा रहेको जानकारी गराए ।