१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार

प्राचीन सभ्यतामा आधारित सांस्कृतिक जीवन काठमाडौं पर्यटनको महत्वपूर्ण सूचक - उपप्रमुख डंगोल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:५५:oo

काठमाडौं महानगरकी उपप्रमुख सुनीता डंगोलले प्राचीन सभ्यतामा आधारित सामाजिक र सांस्कृतिक जीवन काठमाडौं सहरमा पर्यटनको महत्वपूर्ण सूचक भएको बताएकी छिन् । 

चीनको छाङ्सामा चलिरहेको फ्राग्रान्ट टुरिजम समिटमा बोल्दै उपप्रमुख डंगोलले भनिन्, ‘पर्यटन पूर्वाधारका लागि भूगोल, मानवीय सभ्यता, प्राकृतिक सम्पदालगायत विभिन्न आधार र सूचक हुन सक्छन् । काठमाडौं कला, साहित्य, सिर्जना र सभ्यतासँग सम्बन्धित रोचक तथ्य भएको ठाउँ हो । यसको विशेषतालाई हामी पर्यटन व्यवस्थापनसँग जोड्दै छौँ ।’ 

उपप्रमुखसँगको डाइलग प्यानलमा मोल्डोभाको चिसिनाउ नगरका प्रमुख लोन केवान, टुर्कीको इज्मिर नगरका प्रमुख टुंक सोयेर, मुरितियुसको पार्ट लुइस नगरका प्रमुख माफुज मौसा क्याडरसिबलगायत सहभागी थिए । उनीहरूले आफ्ना–आफ्ना सहरका विशेषता र पर्यटन पूर्वाधारका सूचकका विषयमा धारणा राखे । 

सेसनमा पेरूको माचापिचु नगरका प्रमुख एल्भिन लेसिन, चीनको सान्या नगरका प्रमुख सुन ली सहभागी थिए । 

वर्ल्ड टुरिजम सिटिज फेडेसेसन (डब्लुटिसिएफ)को निमन्त्रणामा उपप्रमुख डंगोलको नेतृत्वमा काठमाडौं महानगरपालिकाको चार सदस्यीय प्रतिनिधिमण्डल समिटमा सहभागी भएको छ । कार्यभार सम्हालेपछि उपप्रमुख डंगोल पहिलोपटक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएकी हुन् । 

सम्मेलनमा पर्यटनका आपसी हित र सीप, क्षमता विकास, सिकाइ तथा अनुभव आदान–प्रदानका कार्यक्रम छन् । सहरी पर्यटन, कोभिडपछिको पर्यटन पुनर्स्थापना, मेयर्स डाइलग, पर्यटन विकासका नयाँ सूचक, सांस्कृतिक पर्यटनलगायतका विषयमा प्रस्तुतीकरण, छलफल, स्थलगत अवलोकन भ्रमणसहित कार्यक्रम सम्मेलनको तालिकामा राखिएका छन् । बिजनेस टु बिजनेस (बिटुबी), पर्यटन व्यापार, पर्यटनमा लगानीका विषयमा अन्तर्क्रिया र छलफल हुनेछ ।  

सम्मेलनबाट प्राप्त हुने प्रतिवेदनबाट पर्यटन उद्योगको विश्वव्यापी, क्षेत्रीय,  राष्ट्रिय तथा सहरस्तरीय परिप्रेक्ष्य निर्धारण हुनेछन् । सम्मेलनले पर्यटन विकासका मुख्य पाँच विशेषता निर्धारण गर्नेछ । 

विकास ढाँचामा आएको परिवर्तन र पर्यटन, पर्यटकीय दृष्टिले महत्वपूर्ण देश तथा सहरका विशिष्ट विशेषता थाहा पाउनु सम्मेलनबाट अपेक्षा गरिएको नतिजा हो । 

सम्मेलनको नारा ‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ राखिएको छ । बेइजिङको पहलमा बनेको विश्व पर्यटन सहर महासंघ सहरहरूमा केन्द्रित विश्वको पहिलो अन्तर्राष्ट्रिय पर्यटन संगठन हो । 

पर्यटनबाट सहरी अर्थतन्त्रमा योगदान गर्नु, सहरी पर्यटन उद्योगबाट सहरी गतिविधिलाई जीवन्त बनाउनु यसको दृष्टिकोण हो । अर्थतन्त्रको स्वस्थ प्रगतिका लागि विश्व पर्यटनको योगदान ठूलो रहन्छ । यसलाई योगदान पुर्‍याउने  अनुसन्धान र निष्कर्ष संगठनका क्रियाकलाप हुन् । 

ad
ad