१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टीभित्र ‘भ्रष्टहरू’ पालेर संसदमा ठूला कुरा नगर्न सांसद अर्यालकाे चेतावनी

भ्रष्टाचारमा नाम जोडिएका सांसदको राहदानी तुरुन्त जफत गरियोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छोडेर भाग्न सक्ने खतरा भएको भन्दै राहदानी तुरुन्त जफत गर्न माग गरेका हुन्। 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउनु नहुने बताए। 

अपराधीलाई बचाउन खोजेमा रास्वपाले सडक र सदन दुवैमा जनताको आक्रोशलाई साथ दिने बताए। उनले पार्टीभित्र भ्रष्टहरू पालेर संसदमा ठूला कुरा नगर्न राजनीतिक दलहरूलाई चेतावनी दिए।