१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २७ बुधबार
  • Friday, 09 May, 2025
२o८o बैशाख २७ बुधबार १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका राजदूत सुकबीच शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २७ बुधबार १३:३७:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले बिदाइका क्रममा शिष्टाचार भेट गरेका छन्। 

नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत सुकले सिंहदरबारस्थित कार्यकक्षमा बुधबार बिदाइका क्रममा शिष्टाचार भेट गरेका हुन्। 

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरियाले नेपालमा आफ्ना विद्युतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरेकोमा धन्यवाद दिँदै सवारीसाधन उत्पादन गर्ने र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सिर्जना आग्रह गरे। 

उनले धेरै नेपाली युवायुवतीलाई इपिएसमार्फत रोजगारीको अवसर दिएकोमा धन्यवाद पनि दिए। सो अवसरमा हालसम्म नेपालमा कोरियन एयरलाइन्सले मात्रै उडान भर्दै आएकोमा नेपाल एयरलाइन्सले पनि उडान गर्न सकेको अवस्थामा प्रतिस्पर्धा हुँदा नेपाली कामदारले सस्तो मूल्यमा उडान गर्दा राहत मिल्ने भएकाले त्यसका लागि पनि पहल गर्न पनि आग्रह गरे। अध्यक्ष तिमिल्सिनाले दुवै देशका अन्तरसंसदीय तथा उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने अपेक्षा पनि गरे। 

सो अवसरमा राजदूतलाई  सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकामा हार्दिक बधाई दिँदै गणतन्त्र कोरियाको राजदूतको रूपमा नेपाल–कोरिया सम्बन्धलाई थप मजबुत, प्रगाढ र व्यापक बनाउन निर्वाह गरेको सक्रिय भूमिकाका लागि धन्यवाद दिए। 

शिष्टाचार भेटका अवसरमा  दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले नेपालमा लगानीमैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योगहरू नेपालमा आउन सक्ने  कुरामा पनि जोड दिए।