मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १४ आइतबार
  • Sunday, 01 October, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २६ मंगलबार १५:५०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा दोहोरो अंकको वृद्धि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २६ मंगलबार १५:५०:००

गएको दुई दिन घटेर राताम्मे भएको सेयर बजार आज मंगलबार दोहोरो अंकले बढेको छ। आज सेयर बजार परिसूचक नेप्से आज १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा उक्लिएको छ। 

आज सबै समूहको सेयर सामान्य अंकले बढेका छन्। यसमा पनि उत्पादन र होटेल समूहको सेयर उच्च अंकले बढेको छ। आज दुई सय ६९ वटा कम्पनीको २८ लाख ३६ हजार कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएकाे छ। आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर साढे ६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको सेयर साढे आठ प्रतिशतले ओरालो लागेको छ।