१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:३७:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

रक्तदान गर्दा ख्याल गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३७:oo

हरेक दुई सेकेन्डमा कसै न कसैलाई रगतको आवश्यकता परिरहेको हुन्छ । दुर्घटनाग्रस्त, रोगबाट पीडित, अविकसित शिशु, जटिल शल्यक्रिया आदि विभिन्न अवस्थामा रगतको आवश्यकता अझै धेरै पर्छ । त्यसैले रक्तदानलाई जीवनदान मानिन्छ । स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सक्छन् । तीन–तीन महिनामा रक्तदान गर्दा शरीरमा ताजा रगत बग्न सघाउ पुग्छ । स्वास्थ्य राम्रो हुन्छ । सामान्यतया १८ देखि ५६ वर्षका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्छन् । तर, रक्तदान गर्नेले आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्न भने जरुरी छ ।  

- रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जन्डिस, मधुमेह, क्षयरोग र एड्सलगायत कुनै पनि यौनरोग लागेको हुनुहुँदैन ।

- मदिरा सेवन गरेको २४ घन्टाभित्र रगत दिनुहुँदैन । त्यस्तै, लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन । 

- रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ । गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन । 

- रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन ।

- रक्तदान गर्नुभन्दा तीन घन्टाअघि पोषिलो खाना सेवन गर्नु राम्रो हुन्छ । र, रक्तदानको समय जुसको सेवन गर्दा पनि स्वास्थ्यमा फाइदा पुग्छ । यस्तो खानाले थकाइ लाग्न दिँदैन ।

- १८ देखि ६० वर्षसम्मका मानिस रक्तदान उमेरसमूहमा पर्छन् । रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुनुपर्छ ।