मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ७ आइतबार
  • Sunday, 24 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २५ सोमबार १९:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शरणार्थीसम्बन्धी ठगी मुद्दाको तरंग : आइजिपीद्वारा अमेरिका भ्रमण रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २५ सोमबार १९:१६:००

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले अमेरिका भ्रमण रद्द गरेका छन्। अमेरिकी सरकारको निमन्त्रणामा उनी सोमबार जाने कार्यक्रम तय भएको थियो।

भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा उच्चपदस्थमाथि अनुसन्धान अघि बढेपछि आइजिपी कुँवरले भ्रमण रद्द गराएका हुन्। प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले महानिरीक्षक कुँवरको भ्रमण रद्द भएको पुष्टि गरे। तर, कारणबारे उनले जानकारी नभएको बताए। 

मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरे पनि सरकारकै सल्लाहमा उनले नजाने निर्णय गरेका हुन्। सो कार्यक्रममा एआइजीद्वय किरण बज्राचार्य, सुदीप गिरी र डिआइजी रामदत्त जोशी जाने भएका छन्।