१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बजेटका सिद्धान्त र प्राथमिकता विगतकै निरन्तरता : लामिछाने

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि सरकारले संसदमा प्रस्तुत गरेका विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता विगतकै नीतिको निरन्तरताका रूपमा रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई पुरानै शैलीका अव्यावहारिक सिद्धान्त तथा प्राथमिकताले समाधान गर्न नसक्ने प्रस्ट्याए।

‘विगत केही वर्षका यिनै दस्ताबेज लिएर केही वाक्य र शब्दको हेरफेर गरी कर्मकाण्डी रूपमा बजेटका सिद्धान्त र प्राथमिकता आएको हामीले ठानेका छौँ। अहिले अर्थतन्त्र असाधारण अवस्थामा छ। असाधारण अवस्थामा पुगेको अर्थतन्त्रलाई जोगाउन र आमजनतालाई राहत दिन सधैँको जस्तो कर्मकाण्डी योजनाले कसरी सम्भव होला ?’ लामिछानेले भने।
 
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता विगतका असफल आर्थिक नीतिको निरन्तरता मात्र नभई यसले नेपाली समाजको आजको समस्याको समाधानसमेत नदिने उनले दाबी गरे। ‘सधैँ एउटै कुरा गर्ने, तर नतिजा फरक अपेक्षा गर्ने हाम्रो बानी हो कि, जनतालाई झुक्याउने खेल ? हामीले आशाका पुलिन्दा पस्किने हो कि समाधानउन्मुख व्यावहारिक नीति बनाउने हो ?’ लामिछानेको प्रश्न छ।

विद्यमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती बाह्य कारणले मात्र नभई आन्तरिक कारणले बढी सिर्जना भएको उनको भनाइ छ। ‘हाम्रो आफ्नै राजनीतिक बेथिति, विसंगति र संगठित रूपमा राजनीतिले गरिरहेको भ्रष्टाचारको कारण अर्थतन्त्रमा समस्या देखिएको हो,’ लामिछानेले भने, ‘योजनाहरू समयमा पूरा हुन नसक्नु र पूरा भएका आयोजनाले पनि आशातीत प्रतिफल नदिनु, वित्तीय क्षेत्रको स्रोत अनुत्पादक क्षेत्रमा बढ्नु, गैरकानुनी व्यापार, तस्करी बढ्नु, सरकारी संयन्त्रको असक्षमता र बेइमानीको कारण हो । बाह्य कारण देखाएर हामी उम्कन मिल्दैन।’

ad
ad