१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेटको सिलिङ नघटाऔँ : सांसद पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आगामी आव ०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन्।

करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भए पनि बजेटको सिलिङ घटाउन नहुने उनको तर्क छ। सांसद पौडेलले वैदेशिक अनुदान लिने, बेरुजु नियमन गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गरेर अर्थ प्रणालीलाई सुधार्नुपर्नेमा जोड दिए।

‘बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्नको निम्ति म सुझाव दिन चाहन्छु,’ उनले भने, ‘संसारमा प्रगति गर्ने देशहरूले अरू देशबाट सफ्ट लोनमा व्यवस्था गरेर देशलाई अगाडि बढाएको हामी पाउँछौँ। डराउनुहुँदैन। त्यसकारणले वैदेशिक अनुदान ल्याउने कुरा, करको दायरा बढाउने कुरा, कतिपय अप्ठ्यारोमा परेर अल्झेका करहरूलाई, बेरुजुहरूलाई नियमन गर्ने कुरा, भ्रष्टाचारलाई न्यूनीकरण गर्ने कुरा र अर्थ प्रणालीलाई सुधार्ने कुरातिर हामी गयौँ भनेदेखि एक खर्ब भन्ने कुरा ठूलो होइन।’

सांसद पौडेलले ठुल्ठूला टावर र भौतिक पूर्वाधार निर्माण गर्नुभन्दा जनताले प्रत्यक्ष अनुभूत गर्ने शिक्षा, स्वास्थ्य र रोजगारजस्ता क्षेत्रमा काम हुनुपर्नेमा जोड दिए।