१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २५ सोमबार १३:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आर्थिक व्यवस्था लयमा ल्याउन सबैकाे साझा संकल्प आवश्यक : देवेन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २५ सोमबार १३:००:००

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले देशको आर्थिक व्यवस्थालाई लयमा ल्याउन सबैले साझा संकल्प गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले अहिलेको आर्थिक अवस्था सुधार गर्न विभाजित नभई अघि बढ्नु सबैको कर्तव्य भएको बताए। विनियोजन विधेयकमा अर्थमन्त्रीले राजस्व संकलन, बढ्दो ब्याजदर, खराब कर्जा र व्यापार खर्च वृद्धि, आन्तरिक उत्पादनमा कमीलगायतका विषयकाे सही चित्रण गरेको उल्लेख गर्दै उनले यसमा सामूहिक निकास खोज्नुपर्ने प्रस्ट्याए।

‘देशको अहिलेको आर्थिक अवस्था र चित्रण हामी सबैको साझा अवस्था हो। यो गठबन्धनको विरोध र समर्थनको प्रसंगसँग मात्रै जोडिएको विषय होइन। गठबन्धन त पहिले पनि थियो। कायापलट भएको थियो र ? यो निरन्तर हामी सबैले संस्थागत रूपमा साझा रूपमा सोच्नुपर्ने विशिष्ट स्थिति र अवस्था हो,’ पौडेलले भने।