Skip This
स्ववियु निर्वाचन विवादले एक महिनादेखि क्याम्पसमा लागेको ताला प्रशासनले फोर्‍याे 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Tuesday, 11 August, 2026
२o८o बैशाख २५ सोमबार १२:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्ववियु निर्वाचन विवादले एक महिनादेखि क्याम्पसमा लागेको ताला प्रशासनले फोर्‍याे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार १२:३४:oo

पूर्वीचितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक रामपुर कृषि क्याम्पसमा नेविसंघले लगाएको ताला प्रशासनले फोरेको छ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भए पनि नेपाल विद्यार्थी संघले निर्वाचन प्रक्रिया र नतिजा घोषणाप्रति असहमति जनाउँदै चैत २० मा तालाबन्दी गरेका कारण कलेजको नियमित परीक्षासमेत रोकिएको थियो। 

कलेजका स्ववियुका सचिवसमेत रहेको अखिल (क्रान्तिकारी) सचिव चेतराज जोशीले सोमबार जिल्ला प्रशासन कार्यलयको निर्देशनमा ताला खुलेसँगै महिना दिनदेखि रोकिएको पठनपाठन सुरु हुने विश्वास व्यक्त गरे। 

यसअघि उनीहरूले नियमित पठनपाठन र परीक्षा दिन पाउने हकको माग गर्दै  शान्तिपूर्ण विरोधका  कार्यक्रमको आयोजना गर्दै आएका थिए। 

यहाँ गत चैत १७ को निर्वाचनमा वामपन्थी विद्यार्थीको संयुक्त प्यानल अखिल संयुक्तका उम्मेदवारहरू विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ।

 दुई सय ४१ मतदाता रहेको सो क्याम्पसमा एक सय २० मत खसेको थियो। नेविसंघले स्ववियु वहिष्कार गर्दै  एकलौटी र धाँधलीपूर्ण निर्वाचन भएको आरोप लगाउँदै आएको छ। 

पश्चिम चितवन रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएपछि त्रिविले सोही नामको क्याम्पस खैरहनीमा ७५ सालको असारदेखि सञ्चालनमा ल्याएको छ।