मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २५ सोमबार १२:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंकका विभिन्न सामाजिक कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २५ सोमबार १२:०५:००

महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न ठाउँमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम गरेको छ । बैंकले स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोग गरेको हो । बैंकको नेपालगन्ज शाखाले कोहलपुर नगरपालिका वडा नं ११ को निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सेमी अटो बायोकेमेस्ट्री एनालाइजर मेसिन हस्तान्तरण गरेको जनाएको छ ।

स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने विपन्न वर्गका समुदायलाई न्यूनतम मूल्यमा किडनी, लिभर, सुगर र युरिक एसिडसम्बन्धी प्रयोगशाला परीक्षणमा सहजता पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको जनाइएको छ । बैंकका लुम्बिनी प्रदेश ‘ख’का प्रबन्धक खगेन्द्रबहादुर साउद र नेपालगन्ज शाखा प्रबन्धक विन्दुप्रसाद शर्माले प्रतिष्ठानकी अध्यक्ष पूर्णिमा साहीलाई उक्त मेसिन हस्तान्तरण गरेको उल्लेख छ । 

त्यस्तै, बैंकको डल्लु र ठमेल शाखाले काठमाडौं जिल्ला प्रहरी परिसरलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा सहयोग गरेको जनाएको छ । काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नुका साथै तीव्र गतिमा सवारीसाधन चलाउने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकहरूको नियन्त्रण तथा चेकजाँच गर्ने प्रयोजनका लागि बैंकले सहयोग गरेको जनाइएको छ । उक्त सामानहरू जिल्ला प्रहरी परिसरका वरिष्ठ उपरिक्षक धनबहादुर कार्कीलाई हस्तान्तरण गरेको उल्लेख छ । 

बैंकको वीरगन्ज शाखाले वीरगन्ज महानगरपालिका वडा नं १४ को सिद्घार्थ माध्यमिक विद्यालयलाई ६ थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । १२ कक्षासम्म अध्यापन गराइने उक्त विद्यालयलाई विद्यार्थीमैत्री बनाउन मद्दत पु¥याउने उद्देश्यले इसिडीदेखि पाँच कक्षासम्मका विद्यार्थीका लागि स्मार्ट टेलिभिजन सहयोग गरेको जनाइएको छ । उक्त सहयोग विद्यालय व्यवस्थापन समितिका सदस्य शिवशंकर पटेललाई बैंकका मधेस प्रदेश प्रबन्धक सुदीपचन्द्र पोखरेल र वीरगन्ज शाखाका प्रबन्धक पुरुषोत्तम अधिकारीले संयुक्त रूपमा हस्तान्तरण गरेको जनाइएको छ ।