१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिम्रिक हेलिकोप्टरको यात्रु उडान खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:४६:oo

सिम्रिक एयरको लामो डोरीमा सामान झुन्ड्याएर ढुवानी गरिने ‘सिलिङ’ फ्लाइटबाहेक अन्य उडान फुकुवा भएको छ । शुक्रबार संखुवासभामा हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकण (क्यान)ले सिम्रिकका सबै हेलिकोप्टर ग्राउन्डेड गरेर प्राविधिक परीक्षण गरेको थियो ।

क्यानको प्राविधिक टोलीले सिम्रिकका हेलिकोप्टरको प्राविधिक परीक्षण गर्दा कुनै खराबी नदेखिएपछि सिलिङबाहेकको उडान खुला गरिएको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । सिम्रिकको शनिबार र आइतबारको  उडान प्रभावित भयो । तर, सोमबारदेखि भने नियमित उडान हुनेछ । 

सडक नपुगेका हिमाली तथा पहाडी भेगमा हेलिकोप्टरबाट सामान झुन्ड्याएर ढुवानी गरिन्छ । जलविद्युत् परियोजना र हिमाली भेगका पर्यटकीय गन्तव्यहरूमा हेलिकोप्टरबाट सामान ढुवानी हुँदै आएको छ । ‘सिलिङ आफैँमा रिस्की फ्लाइट हो, लामो डोरीमा झुन्ड्याइएको सामान हावाले हल्लाएर हेलिकोप्टर अनियन्त्रित हुने सम्भावना रहन्छ,’ उनले भने, ‘सिम्रिक एयरको सिलिङ फ्लाइटको सन्दर्भमा फेरि परीक्षण गरेर मात्र फुकुवा गर्ने निर्णय गरेका छौँ, तत्काललाई अरू फ्लाइट खुला गरिएको छ ।’

सिम्रिक एयरसँग चारवटा हेलिकोप्टर थिए । जसमध्ये एउटा हेलिकोप्टर ग्राउन्डेड अवस्थामा छ भने एउटा शुक्रबार संखुवासभामा दुर्घटनामा पर्‍यो । अहिले सिम्रिकसँग सञ्चालनमा दुईवटा हेलिकोप्टर छन् । 

ad
ad