मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : एएफपी
रासस खार्तुम
२०८० बैशाख २४ आइतबार १२:४७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुडानमा टर्कीका राजदूतको गाडीमा गोली प्रहार

Read Time : < 1 मिनेट
रासस, खार्तुम
२०८० बैशाख २४ आइतबार १२:४७:००

सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा गोली प्रहार भएको छ। स्थानीय समयअनुसार शनिबार भएको उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले एक–आपसमा दोषारोपण गरेका छन्।

विद्रोही मिलिसियाले टर्कीका राजदूतको कारमा गोली हानेर उनलाई नियन्त्रणमा लिएको बताएको छ भने अर्को पक्षले सशस्त्र सेनाले यस्तो गरेको दाबी गरेको छ।

यसैबीच, आरएसएफले राजधानी खार्तुममा टर्कीका राजदूतको कारमा गोली चलाउने सेना नै भएको दाबी गरेको छ र उक्त कार्यलाई ‘कूटनीतिक नियोगको सुरक्षाका लागि सबै अन्तर्राष्ट्रिय मान्यता र सम्झौताहरूको स्पष्ट उल्लंघन गर्ने कायरतापूर्ण कदम’ भनेको छ। विज्ञप्तिअनुसार आरएसएफले राजदूत र उनको प्रतिनिधिमण्डललाई सुरक्षित स्थानमा निकाल्न सफल भएको छ।

अप्रिल १५ मा सेना र आरएसएफबीच खार्तुम र अन्य क्षेत्रमा भएको घातक झडपको विस्फाेटपछि सुडानले विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई ठूलो मात्रामा बाहिर पठाएको छ। सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म घातक झडपमा कम्तीमा पाँच सय ५० जनाको मृत्यु भएको छ भने चार हजार नाै सय २६ जना घाइते भएका छन्।