१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८o बैशाख २४ आइतबार o९:२o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मधेस सरकारको नेतृत्वमा लोसपाको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार o९:२o:oo

लोकतान्त्रिक समाजवादी पार्टीले मधेस प्रदेशको सरकार नेतृत्व पाउनुपर्ने माग गरेको छ ।  शनिबार काठमाडांैमा भएको पाँच दलको बैठकमा लोसपाले मधेस प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने माग गरेको हो । मधेस प्रदेश सरकार विस्तारको विषयमा दुई दिनदेखि कांग्रेस, जनता समाजवादी पार्टी, लोसपा, एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरूको संयुक्त बैठक काठमाडौंमा बस्दै आएको छ । शनिबारको बैठक सरकार विस्तारमा कुनै निर्णयमा पुग्न सकेन ।

लोसपा मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्माले गत मंसिरमा भएको निर्वाचनमा कांग्रेस, माओवादीसहितको गठबन्धनदेखि राष्ट्रपति, उपराष्ट्रपति र बाराको उपचुनावसम्म आफूहरू सत्तारूढ गठबन्धनसँगै रहेकाले प्रदेश सरकारको नेतृत्व लोसपाले पाउनुपर्ने बताए । गत मंसिरको चुनावमा जसपा सत्तारूढ गठबन्धनबाट अलग भई एमालेसँग गठबन्धन गरेकाले लोसपाले सरकारको नेतृत्व पाउनुपर्ने उनको भनाइ छ । 

‘यहाँ दलीय सहमतिको कुरा हो, सिटको कुरा होइन । कुनै पार्टीलाई सरकार बनाउने बहुमत पनि छैन । दलीय सहमतिमै सरकार गठन भएको हो । त्यसकारण अबको सरकारको नेतृत्व लोसपाले पाउनुपर्ने हो,’ उनले भने, ‘कांग्रेस, माओवादीसहितका दलहरूले अन्य प्रदेशमा सरकारको नेतृत्व गरिरहेका छन्, मधेसमा लोसपालाई नेतृत्व दिनुपर्छ ।’ कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले शनिबारको बैठकमा सरकार विस्ताबारे कुनै ठोस छलफल नभएको बताए । बैठकमा कांग्रेस, लोसपासहितले सरकार नेतृत्वको दाबी गरेपछि मुख्यमन्त्री सरोजकुमार यादवले बैठक छाडेर बाहिर निस्केका थिए । सरकार विस्तार सम्बन्धमा सोमबार बैठक बस्ने शर्माले जानकारी दिए ।