१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मोबाइलमा लामो समय कुरा गर्दा उच्च रक्तचापको जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:२९:oo

मोबाइलमा अत्यधिक समय बिताउने व्यक्तिहरूमा मोबाइल प्रयोग नगर्ने तुलनामा सात गुणा बढी उच्च रक्तचापको समस्या

प्रतिहप्ता ३० मिनेट वा सोभन्दा बढी समयसम्म मोबाइल फोनमा कुरा गर्दा उच्च रक्तचाप हुने सम्भावना १२ प्रतिशतले बढाउने एक अध्ययनले देखाएको छ । मोबाइलबाट निस्कने रेडियो फ्रिक्वेन्सी ऊर्जाले रक्तचाप बढाउने भएकाले लामो समयसम्म मोबाइलमा बिताउँदा उच्च रक्तचापको पनि जोखिम देखाएको अध्ययनको निष्कर्ष छ ।

हाल विश्वभर १० वर्ष र सोभन्दा माथिका विश्व जनसंख्याको झन्डै तीनचौथाईसँग मोबाइल फोन प्रयोग गर्छन् । हृदयाघात र स्ट्रोकको मुख्य कारण बन्दै गएको हाइपरटेन्सन फोनको कारणले समेत हुने अध्ययनले देखाएपछि चासोको विषय बनेको छ । चीनको साउथ मेडिकल युनिभर्सिटीले गरेको अध्ययनले मोबाइल फोनमा लामो समयसम्म कुरा गर्दा उच्च रक्तचापको जोखिम बढ्दै जाने देखाएको हो । युरोपियन हर्ट जर्नल (डिजिटल हेल्थ) मा प्रकाशित अध्ययनले मोबाइल प्रयोगकर्तामा वर्षौँसम्म गरेको अध्ययनबाट यस्तो निष्कर्ष निकालेको जनाएको छ । 

फोनमा लामो समय बिताउने ३७ देखि ७३ वर्ष उमेरभित्रका दुई लाख १२ हजारभन्दा बढी मानिसमा गरिएको सर्वेक्षणले बढी फोन प्रयोग गर्दा उच्च रक्तचापको जोखिम धेरै हुने देखाएको हो । सर्वेक्षणले मोबाइलमा अत्यधिक समय बिताउने व्यक्तिमा मोबाइल प्रयोग नगर्ने तुलनामा सात गुणा बढी उच्च रक्तचापको समस्या भएको देखाएको हो । मोबाइलमा हप्तामा ३० मिनेट वा सोभन्दा बढी कुरा गर्नेहरूलाई फोनकलमा ३० मिनेटभन्दा कम समय बिताउनेहरूको तुलनामा उच्च रक्तचापको सम्भावना १२ प्रतिशत बढी पाइएको थियो । 

विश्वविद्यालयका अनुसन्धानकर्ता सियानहुई किनले भनेका छन्, ‘यो मुटुमा पार्न सक्ने असरको प्रथम बिन्दु हो । अध्ययनका लागि ३० मिनेटसम्म सर्वेक्षण गरिए पनि योभन्दा बढी समयको अर्थ बढी जोखिम हुनु हो ।’ फोनमा कुरा गर्ने अवधि फोनमै रेकर्ड गरेर गरिएको अध्ययनले फोनबाट निस्कने रेडियसनले स्वास्थ्यमा असर पारिरहेको अध्ययन गरेको थियो । प्रयोगकर्तामा करिब १२ वर्षसम्म सर्वेक्षण गरीएको थियो । 

सातामा ३०–५९ मिनेट, १–३ घन्टा, ४–६ घन्टा र ६ घन्टाभन्दा बढी समय प्रयोग गर्दा क्रमशः ८ प्रतिशत, १३ प्रतिशत, १६ प्रतिशत र २५ प्रतिशतले उच्च रक्तचापको जोखिम बढाएको अध्ययनले देखाएको छ । यसबाहेक आनुवंशिक जोखिम भएका र कम आनुवंशिक जोखिम भएका व्यक्तिहरूको तुलनामा कम्तीमा ३० मिनेट फोनमा कुरा गर्ने र ३० भन्दा कम समयसम्म फोनमा कुरा गर्नेमा उच्च रक्तचाप हुने सम्भावना ३३ प्रतिशत बढी रहेको देखाएको छ । तर, फोनबाट निस्कने रेडिएसनको रक्तचापसँगको सम्बन्धबारे थप अध्ययन आवश्यक भएको विश्वविद्यालयले जनाएको छ । 

ad
ad