१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o३:oo

सन् २००० : भ्लादिमिर पुटिन आजकै दिन रुसको राष्ट्रपति बने । पूर्वसोभियत संघको शक्तिशाली गुप्तचर सस्था केजिबीका पूर्वअधिकारी पुटिनले सुरुमा देशमा व्याप्त अराजकता नियन्त्रण गरेर देशलाई आर्थिक वृद्धिको मार्गमा डो¥याएर निकै प्रशंसा कमाएका थिए । पछिल्लो समय भने उनको अधिनायकवादी तथा विस्तारवादी नीतिको अन्तर्राष्ट्रियस्तरमा आलोचना हुने गरेको छ ।

सन् १९४६ : सोनी ग्रुप कर्पोरेसनको स्थापना । 

सन् १९४५ : दोस्रो विश्वयुद्धमा जर्मनीको नाजी शासनद्वारा विनासर्त आत्मसमर्पण । आत्मसमर्पणपछि युरोपेली भेगमा दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । हिटलर नेतृत्वको नाजी शासनले सुरु गरेको दोस्रो विश्वयुद्ध इतिहासकै सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमध्ये एक मानिन्छ । युद्धमा चारदेखि ७.१ करोड मानिसको मृत्यु भएको थियो ।

सन् १९१५ : जर्मनको यु–बोटद्वारा आरएमएस लुसिटानिया डुबाइदिएको दिन । यस आक्रमणमा ११९८ जनाको ज्यान गएको थियो । यसलाई पहिलो विश्वयुद्धको सबैभन्दा घातक जहाज आक्रमणको रूपमा लिइन्छ । 

सन् १८६१ : बंगाली लेखक, कथाकार, नाटककार तथा निबन्धकार रवीन्द्रनाथ टेगोरको जन्मदिन । कोलकातामा जन्मिएका टेगोरले सन् १९१३ मा साहित्यतर्फ नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।

ad
ad