मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
२०८० बैशाख २३ शनिबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारबाट लिने थप सेवा कटौती गरौँ : महामन्त्री थापा

Read Time : < 1 मिनेट
२०८० बैशाख २३ शनिबार १८:३४:००

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारबाट लिने थप सेवा सुविधा कटौती गर्नुपर्ने बताएका छन्। राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको तलबबाहेकका सबै सेवा सुविधा कटौती गर्न सके देशको आर्थिक भार कम हुने उनको तर्क छ।

नेपाल वितरक संघको ११औँ वार्षिक साधारणसभालाई शनिबार धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। ‘मुलुकको आर्थिक वृद्धिदर खुम्चिँदै गएको छ। विशेष गरी स्वास्थ्य उपचारको नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सके मात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिन्छ,’ उनले भने।

‘हामी सांसदले तलबसँगै बैठकलगायतका भत्ता पनि पाउँछौँ। यो वर्ष अप्ठ्यारो परेको साल चाहे प्रदेश होस् या संघ, यसरी प्राप्त गरेको सेवा सुविधा कटौती गर्छाैं भनेर लाग्यौँ भने बल्ल वातावरण सहज बन्दै जान्छ,’ उनले थपे।

कोभिडबाट बाहिर निस्किए पनि देश आर्थिक मन्दीमा परेकाले सम्हालिएर अघि बढ्नुपर्ने उनको भनाइ छ। उत्पादन भएका वस्तु उपभोक्तासम्म ल्याउन व्यापारको चेनमा पनि समस्या देखिएको भन्दै थापाले बदल्नुपर्ने कानुनी प्रावधानको विषय संसदमा उठाने प्रतिबद्धता गरे।