१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस चितवन
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपनिर्वाचनबारे समीक्षा जरुरी : शशांक कोइराला

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन्। शुक्रबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार व्यहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए।

‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी  छ,’ उनले भने। पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरूको उदयमान हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ।

कोइरालाले थपे, ‘अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ।’ उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार व्यहोर्नुपरेको उनको अनुमान छ। अहिले पार्टीभित्र मन्त्रिमण्डल विस्तारमा असन्तुष्टि देखिएको उनले उल्लेख गरे।