१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Friday, 09 May, 2025
रासस इस्लामावाद
२o८o बैशाख २२ शुक्रबार १२:१४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो

Read Time : < 1 मिनेट
रासस, इस्लामावाद
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १२:१४:oo

स्टेट बैंक अफ पाकिस्तान (एसबिपी)ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ।

गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.५ बिलियन डलरमा झरेको पनि एसबिपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

वाणिज्य बैंकहरूसँग रहेको खुद विदेशी सञ्चिति करिब पाँच अर्ब ६ करोड डलर पुगेको पनि केन्द्रीय बैंकले जनाएको छ। एसबिपीका अनुसार पाकिस्तानमा रहेको कुल तरल विदेशी मुद्रा करिब १० अर्ब डलर रहेको छ।

पाकिस्तानले केही समयदेखि आफ्नो विदेशी मुद्रा सञ्चितिमा कमीको सामना गरिरहेको छ। जसले समग्र विनिमय दर र दक्षिण एसियाली देशमा व्यापार र आर्थिक गतिविधिलाई प्रत्यक्ष असर गरिरहेको छ।