१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

सोसल मिडिया इन्फ्लुएन्सिङ : कमाइको भरपर्दो स्रोत

‘सोसल मिडिया इन्फ्लुएन्सिङ’ अब कम खर्चमा व्यक्ति वा ब्रान्डलाई दर्शकको ठूलो संख्यासम्म पुर्‍याउने सहज तरिका बनेको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o७:oo

प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा समय बिताउने मान्छेको संख्या दिनप्रतिदिन बढेको छ । अहिलेका प्रयोगकर्ता आफ्नो समय बिताउन मात्रै सामाजिक सञ्जाल प्रयोग गर्दैनन् । सामाजिक सञ्जालका विभिन्न प्लाटफर्ममा ‘फ्यान फलोइङ’ बनाएर त्यसबाट फाइदासमेत लिएका छन् । 

अहिले सामाजिक सञ्जाल प्रमोसनको सबभन्दा ठूलो हतियार बनेको छ । प्रयोगकर्ताले यसलाई विज्ञापनको नयाँ माध्यमका रूपमा पहिचान गरेका छन् । भ्यालुएसन फर्म (मूल्यांकन फर्म) क्रोलको ताजा रिपोर्टअनुसार पछिल्लो एक वर्षमा एकतिहाइभन्दा बढी भारतीय ब्रान्डले इन्फ्लुएन्सर मार्केटिङमा आफ्नो खर्चलाई दोब्बर पारेका छन् । नेपालमा पनि सोसल मिडिया इन्फ्लुएन्सिङ गर्नेको जमात ठूलो छ । थुप्रैले यसबाट मनग्य आम्दानी गरेका छन् । तर, आधिकारिक डेटा उपलब्ध नहुँदा संख्या तोक्न सकिने स्थिति छैन ।

‘लस्ट इनसाइड नेपाल’ अकाउन्ट चलाउँदै आएका सोसल मिडिया इन्फ्लुएन्सर खिमबहादुर क्षेत्रीको इन्स्टाग्राममा केवल १० हजार फलोअर्स छन् । उनी विशेषगरी यात्रासम्बन्धी कन्टेन्ट बनाउँछन् । यहीमार्फत आफ्नो मासिक खर्च इन्स्टाग्रामबाटै जुटाउँछन् । ‘क्याफे उद्घाटनदेखि हाइकसम्म बोलाउँछन्,’ उनी भन्छन्, ‘कसैले पर–पोस्ट नगद दिन्छन् त कसैले हस्पिटालिटी होस्ट गर्छन् । त्यो पनि क्यासमा जोड्दा राम्रै इनकम हुन्छ ।’ यो त एउटा उदाहरण मात्रै हो । यसबाहेक सामाजिक सञ्जालले आमइन्टरनेट प्रयोगकर्तालाई रातारात स्टार बनाइरहेको छ । सामाजिक सञ्जालकै कारण गायन–कलाकारितादेखि ब्रान्ड एम्बासडरसम्म स्थान पाएका थुप्रै छन् । टिकटकबाट राम्रै आम्दानी गर्नेमा अंशु वर्मा, मञ्जु ढुंगाना, आयुषसिंह ठकुरीलगायत छन् । 

नेपालमा पनि सोसल मिडिया इन्फ्लुएन्सिङ गर्नेको जमात ठूलो छ । थुप्रैले यसबाट मनग्य आम्दानी गरेका छन् । तर, आधिकारिक डेटा उपलब्ध नहुँदा संख्या तोक्न सकिने स्थिति छैन ।
 

हाम्रै छिमेकी मुलुक भारतमा सामाजिक सञ्जालको कन्टेन्ट क्रिएटर इन्डस्ट्री २५ प्रतिशतको गतिमा बढेको पाइन्छ । यो गति बढेर सन् २०२५ सम्म दुई सय ९० अर्ब डलरको क्षेत्र बन्ने आकलन गरिएको छ । ‘सोसल मिडिया इन्फ्लुएन्सिङ’ अब कर्म खर्चमा व्यक्ति वा ब्रान्डलाई बृहत् दर्शकको वर्गसम्म पुर्‍याउने सहज तरिका बनेको छ । जिपियाका अनुसार हाल विश्वमा पाँच करोडभन्दा बढी कन्टेन्ट क्रिएटर छन् । यसको वैश्विक बजार १४.६ अर्ब डलरको रहेको छ । यीमध्ये भिडियो स्ट्रिमर्स, ब्लगर्स, भोइस ओभर आर्टिस्टका साथै ठूलो संख्यामा आममानिस पनि सहभागी छन् । 

डिजिटल मार्केटिङ एजेन्सी आई क्युब्स वायरको प्रतिवेदन हेर्ने हो भने करिब ३५ प्रतिशत ग्राहकले खरिदबिक्रीको निर्णय सोसल मिडिया इन्फ्लुएन्सरको पोस्ट, रिल्स र भिडियो हेरेर लिन्छन् । यस्तै, अफेबल एआईमार्फत चल्ने इन्फ्लुएन्सर मार्केटिङ प्लेटफर्मको तथ्यांकअनुसार १० हजारभन्दा कम फलोअर रहेका इन्फ्लुएन्सरले सन् २०२२ मा इन्स्टाग्राममा सबभन्दा धेरै इन्गेजमेन्ट (संलग्नता) प्राप्त गरे । तर, जसको इन्स्टाग्राम र युट्युबमा १० देखि ५० हजारसम्म फलोअर थिए, उनीहरूले दर्शक त धेरै पाए, तर इन्गेजमेन्ट भने कम थियो । 

सामाजिक सञ्जाल विज्ञापनको आधुनिक शैली हो, जुन प्रिन्ट, इलेक्ट्रोनिक र मेनस्ट्रिम मिडियाभन्दा भिन्न छ । अन्य विज्ञापनको तुलनामा यसमा लगानीको प्रतिफल उच्च छ । सोसल मिडिया इन्फ्लुएन्सर विशिष्ट वा साधारण व्यक्ति हुन्छन् । सामाजिक सञ्जालमा उनीहरूका फलोअर्स धेरै हुन्छन् । यस्ता इन्फ्लुएन्सरले आफ्नो लोकप्रियताको प्रयोग विभिन्न उत्पादनको विज्ञापन गर्नमा प्रयोग गर्छन् । अहिले विश्वका करोडौँ युवा सोसल मिडिया इन्फ्लुएन्सरलाई करिअरका रूपमा अगाडि बढाएका छन् । यसको कारण सोसल मिडिया इन्फ्लुएन्सर विज्ञापनको दुनियाँमा नयाँ आयाम हो । यसले कैयौँ सेलेब्रिटीलाई पनि पछाडि पारेको छ । सामान्य मान्छे पनि स्टार भएका उदाहरण छन् । 

इन्टरनेटको बजार रहँदासम्म सोसल मिडिया इन्फ्लुएन्सको यो यात्रा चलिरहन्छ । तर, यो यात्रामा केही सरोकार र चिन्ताका विषय पनि छन् । जुनसुकै देशको इन्फ्लुएन्सर मार्केटिङ उद्योगलाई नियमनको आवश्यकता पर्छ । कारण, तथ्यको गलत प्रयोगबाट सदैव बच्न सकियोस् । भारतमा गत जनवरीमा उपभोक्ता मामला मन्त्रालयले ग्राहकको हित सुरक्षित गर्न केही गाइडलाइन घोषणा गरेको थियो । 

सो घोषणाअनुसार सोसल मिडियामा विज्ञापन गर्ने सेलेब्रिटी पनि यसको दायरामा आउनुपर्ने हुन्छ । कुनै पनि भ्रामक विज्ञापनमा गाइडलाइन नमान्दा इन्फ्लुएन्सरले १० लाखसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । तर, यो नियम लगातार नमान्दा जरिवाना बढेर ५० लाखसम्म पुग्छ । यति मात्रै होइन, इन्डोर्स गर्नेलाई दुईदेखि ६ महिनासम्म कुनै पनि इन्डोर्समेन्ट गर्नबाट वञ्चित हुनुपर्छ । आवश्यक परे सम्बन्धित प्लेटफर्म ब्लकसमेत हुन सक्छ । 

त्यसो त सोसल मिडिया इन्फ्लुएन्सरले स्वयंलाई नियन्त्रण गर्दा राम्रो हुन्छ । यसो गर्दा यो क्षेत्रमा सकारात्मक प्रभाव पर्छ । परम्परागत विज्ञापनमा सहभागी खेलाडी र फिल्मी कलाकारप्रति मान्छेहरूको मोह हराइसकेको त छैन, तर यसको सुरुवात जरुर भएको छ । यी दुईको लडाइँमा को लड्छ या कसले जित्छ, त्यो समयले नै बताउँदै जानेछ । तर, सोसल मिडिया इन्फ्लुएन्सर भ्रामक विज्ञापन गर्नबाट बचिरहनुचाहिँ पर्छ ।
– एजेन्सीको सहयोगमा  

ad
ad