मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख २१ बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २१ बिहीबार १२:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यो वर्षको बर्खामा कम पानी पर्ने प्रक्षेपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २१ बिहीबार १२:३५:oo

यस वर्षको वर्षायाममा औसतभन्दा कम वर्षाको प्रक्षेपण गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अर्थात् चार महिनाको ऋतुगत मौसम आकलन गर्दै देशैभर औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने जनाएको हो।

मौसमविद् सुदर्शन हुमागाईंले  कोसी प्रदेशका मध्य तथा उत्तर–पूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेस प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताए। उनले भने, ‘हामीसँग ऋतुगत प्रक्षेपण गर्न गाह्रो छ। तथ्यांकको अभाव छ। उच्च पहाडी र हिमालमा स्टेसन कम भएकाले कति पानी पर्‍याे भनेर भन्न सकिएको छैन।’

यद्यपि, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानविशेष फरक रहेको छ। कर्णाली प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका धेरैजसो भूभाग, सुदूरपश्चिम प्रदेशका मध्य तथा उत्तरका थोरै भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी तथा मध्य भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ।

गत वर्ष बर्खामा भने १३३५.८ मिलिमिटर पानी परेको थियो। तर, मनसुन लम्बिएर दसैँताका देशभर पानी पर्दा धानबालीमा क्षति पुर्‍याएको थियो। नेपालमा १३ जुनदेखि २ अक्टुबरसम्मको अवधिलाई मनसुन भनिन्छ।