१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धरानबाट २५६ केजी गाँजा बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:१७:oo

सशस्त्र प्रहरी बल धरानले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । आज बिहान १ः३० बजेको समयमा धरान– १३ स्थित शिवधारा चेकपोइन्टमा चेकजाँचको क्रममा दुई सय ५६ केजी (८ बोरा) गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको हो। 

धनकुटाबाट इटहरीतर्फ जाँदै गरेको प्र १ ०२ ००१ ख ९४८९ नम्बरको टाटा मिनी ट्रकमा लैजाँदै गरिएको अवस्थामा चेक जाँच गर्दा आठवटा बोरामा प्याक गरिएको प्रतिबन्धित लागुपदार्थ गाँजा बरामद गरिएको सशस्त्र प्रहरी डिएपी सुरज रिजालले जानकारी दिए ।  

डिएसपी रिजालको कमान्डमा खटिएको टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । गाडीका चालक तेह्रथुम छथर जोरपाटीका चन्द्र थापा क्षेत्री र सहचालक सोही जिल्लाका ओख्रे बस्ने चूडामणि कटवाललाई नियन्त्रणमा लिइएको छ । 

बरामद गरिएको गाँजा र पक्राउ गरेका दुवैलाई इलाका प्रहरी कार्यालय धरानलाई बुझाइएको  उनले जानकारी दिएका छन्। मध्यरातको समयमा उक्त गाँजा भारत निकासी गर्ने तयारीमा रहेको बुझिएको छ ।   


 

ad
ad