१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Friday, 09 May, 2025
लागुऔषध गाँजासहि पक्राउ परेका राधाकृष्ण रिजाल र उत्तम रिजाल । तस्बिर साैजन्य : जिल्ला प्रहरी कार्यालय मकवानपुर ।
२o८o बैशाख २० बुधबार १९:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरमा लुकाई राखेको ५१२ किलो गाँजासहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार १९:१९:oo

मकवानपुर प्रहरीले कैलाश गाउँपालिका–४ कटुन्जेबाट लागुऔषध गाँजा र नगदसहित दुईजनालाई पक्राउ गरेकाे छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक दीपक केसीको कमान्डमा खटिएको टोलीले स्थानीय ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजालको घरबाट लागुऔषध गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले प्रहरीले उनीहरूको घरबाट पाँच सय १२ केजी लागुऔषध गाँजा र नगद ५५ हजार तीन सय ६५ रुपैयाँ बरामद गरेको जानकारी दिए।

प्रवक्ता कार्कीका अनुसार राधाकृष्णको घरबाट १२ वटा बोरामा तीन सय २७ किलो ८०० ग्राम र उत्तमको घरबाट ६ वटा बोरामा एक सय ८४ किलो १०० ग्राम गाँजा बरामद गरिएको हो। 

दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी कार्कीले जानकारी दिए। 

यसअघि सोमबार मात्रै मकवानपुर प्रहरीले जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाको वडा नम्बर ७ का अध्यक्षसहित तीनजनालाई गाँजासहित पक्राउ गरेको थियो।